पोखरा । कास्कीका १२ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका १० जना र माछापुच्छ्रे गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गोरखाको आरुघाट, भिमसेन थापा, गण्डकी र गोरखा नगरपालिकाका ७ जना, लमजुङको राइनास नगरपालिकाका ५ जना, स्याङ्जाको चापाकोट र भिरकोट नगरपालिकाका ३ जना, बाग्लुङको गल्कोट र तनहुँको बन्दिपुरका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ५८३ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







