गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोनामुक्त

- मंसिरमा संक्रमित भन्दा निको हुने बढी, कोरोनबाट एक महिनाको अवधीमा ६० जनाको मृत्यु


     एभरेस्ट आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

२७८ जनामा गरिएको पिसिआर परीक्षणमा ३३ पुरुष र २८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ । आज थपिएका मध्य कास्कीका ३८, गोरखाका ७, तनहुँका ६, लमजुङका ५, स्याङ्जाका ३, बाग्लुङ र पर्वतका एक–एक जना छन्
योसहित प्रदेशभर हालसम्म १३ हजार ५८३ जनामा कोरोना संक्रमण भएको छ । ती मध्य ११ हजार ७६५ जना कोरोनामुक्त भएका छन ।

अब प्रदेशमा एक हजार ६३२ जना आइसोलेसनमा छन् । आइसोलेसनमा रहनेमध्य एक हजार ५३१ जना होम आइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पोखराका थप २ जनाको मृत्यु भएको छ । योसहित प्रदेशभर ज्यान गुमाउनेको संख्या १८६ पुगेको छ ।

यस्तै गत मंसिर महिनामा गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुने बढेको निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार एक महिनाको अवधीमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधीमा ६ हजार ११४ जना कोरोनामुक्त भएका छन् । भने मंसिरमा ६० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । सो अवधीमा १३ हजार ९६६ जनाको पिसिआर परीक्षण भएको विवरणमा भनिएको छ ।


हालसम्म प्रदेशभर एक लाख १५ हजार ६०४ नमुना पिसिआर परीक्षण गरिएको निर्देशनालयले जारी गरेको विवरणमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।