पोखरा । गण्डकी प्रदेशमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १४८ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार ३८८ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ४६, लमजुङका १०, तनहुँ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ७–७, स्याङ्जाका ४, मुस्ताङका ३, गोरखाका २, पर्वत, म्याग्दी र मनाङका एक–एक जना थपिएका छन् । थपिनेमध्य ५० पुरुष र ३२ जना महिला छन् ।
यो सहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १३ हजार ६६५ पुगेको छ । ती मध्य ११ हजार ४१४ निको भएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।
अब प्रदेशमा एक हजार ५६४ जना सक्रिय संक्रमित रहेको र ति मध्य एक हजार ४५६ जना होम आइसोलेसनमा छन् ।
यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट प्रदेशमा ज्यान गुमाउनेको संख्या १८७ पुगेको छ ।
हालसम्म कोरोनाबाट कास्कीका १०६, तनहुँ र नवलपुर वर्दघाट सुस्ता पूर्वका २०–२०, स्याङ्जाका १३, गोरखाका ९, बाग्लुङका ८, लमजुङका ५, पर्वत र म्याग्दीका ३–३ जनाले ज्यान गुमाइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







