पोखरा । गण्डकी प्रदेशमा शनिबार थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६०२ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुरुमा संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज थपिनेमध्य सबैभन्दा बढि कास्कीका ८३ जना छन् । यस्तै लमजुङका ३९, नवलपुर वर्दघाट सुस्ता पूर्वका ११, तनहुँका ८, पर्वतका ४, बाग्लुङका ३, स्याङ्जा र गोरखाका २ जना छन् ।योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ८८८ पुगेको छ । संक्रमितमध्य ११ हजार ९५८ कोरोनामुक्त भएका छन् ।
अब प्रदेशमा एक हजार ७४४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा भनिएको छ । निर्देशनालयका अनुसार कास्कीमा एक हजार १५९, लमजुङमा १५७, गोरखामा ३६, तनहुँमा १००, नवलपुरमा १४०, स्याङ्जामा ३९, पर्वतमा ३८, बाग्लुङमा ४७, म्याग्दीमा २०, मुस्ताङमा ७ र मनाङमा एक जना आइसोलेसनमा रहेको जनाइएको छ ।
आइसोलेसनमा रहेका मध्य एक हजार ५९३ जना होमआइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख छ ।
यस्तै हालसम्म कोरोना संक्रमणबाट प्रदेशभर १८७ जनाको ज्यान गुमेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







