गण्डकी प्रदेशमा एक सातामा ६०५ थपिंदा ३७३ कोरोना मुक्त


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा थप ६०५ जना कोरोना संक्रमित थपिंदा ३७३ जना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

एक साताको अवधीमा दुई हजार ४५९ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा भनिएको छ । यस्तै सोही अवधीमा कोरोना संक्रमणबाट थप ३ जनाको ज्यान गुमेको छ । भने ९ जना क्वारिन्टनमा रहेको पनि विवरणमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका १२१ जनामा गरिएको पिसिआर परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ८७ जना कोरोनामुक्त भएको निर्देशनालयले जानकारी दिएको छ ।

आज थपिनेमध्य कास्कीका २६, स्याङ्जाका ६, लमजुङ र म्याग्दीका ५–५, तनहुँका ४, पर्वत र नवलपुर वर्दघाट सुुस्ता पूर्वका ३–३ जना छन् ।

योसहित हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ९४० पुगेको छ । तीमध्य १२ हजार ४४ जना कोरोनामुक्त भइसकेका छन् ।अब प्रदेशमा एक हजार ७०९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको जनाइएको छ ।

कोरोनाबाट हालसम्म १८७ जनाको ज्यान गुमेको विवरणमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।