नेलम्बो नेपालद्वारा पोखराका ३ विद्यालय र वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग


     एभरेस्ट आवाज    
     पौष ७ गते २०७७ मा प्रकाशित




पोखरा ४ गैह्रापाटन स्थित नेलम्बो नेपालले मंगलबार पोखरा महानगरपालीका वडा नं. ३ मा रहेका बाल मन्दिर माध्यमिक विद्यालय, ज्ञानभूमि माध्यमिक विद्यालय र कन्या माध्यमिक विद्यालय र वडा नं. ३ को कार्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नेलम्बो नेपालले कोभिड १९ को विषम् परिस्थितिमा विद्यालयमा अध्ययन अध्यापन सञ्चालन गर्न तथा वडामा नागरिक सेवामा खटिने कर्मचारीको मनोवल उच्च राख्नको लागि थर्मल गन, पेडियाट्रिक मास्क, डिस्पोजिवल मास्क, केएन—९५ मास्क, फेस सिल्ड, सेनिटाइजर, हेण्ड्स फ्रि सेनिटाइजर, स्प्रे वोतल, हात धुने साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले वडा अध्यक्ष रविन्द्र बहादुर प्रजु र विद्यालयका प्रधानाध्यापकहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले नेलम्बो नेपाल कोभिड—१९ को समयमा दिनहुँजसो विभिन्न कार्यक्रम लिएर जनसमुदायमा पुगेको र नेलम्बोको दायित्व पनि समुदायमा पुगि सक्दो सहयोग गरी हौशला बढाउने रहेको बताए ।
वडा अध्यक्ष रविन्द्रबहादुर प्रजुले नेलम्बो नेपालको यो सहयोग पहिलो मात्र नभई यस वडामा पटक—पटक सहयोग गरेको भन्दै धन्यवाद दिए ।
उक्त कार्यक्रममा बालमन्दिर माध्यमिक विद्यालयलाई रु ३०,९००।—ज्ञानभूमि माध्यमिक विद्यालयलाई रु १६,००० ।— , कन्या माध्यमिक विद्यालयलाई रु १५,८१५ ।— र वडा कार्यालयलाई रु ७,२२५।— रुपैया गरी जम्मा रु ६९,९४०।— रुपैया बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।