गण्डकी प्रदेशका १२ हजार २ सय बढी कोरोनामुक्त, १७९३ आइसोलेसनमा


     एभरेस्ट आवाज    
     पौष ८ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा हालसम्म १२ हजार २ सय बढी कोरोनामुक्त भएका छन । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका थप ३८ जना कोरोनामुक्त भएसंगै हालसम्मसंख्या १२ हजार २०४ जना कोरोनामुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

सोही अवधीमा प्रदेशका १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४२ जनामा गरिएको पिसिआर परीक्षणमा ७९ पुरुष र ४७ जना महिला थपिएका हुन् ।

आज थपिएका मध्य कास्कीका ७२, लमजुङका १६, बाग्लुङका १४, तनहुँका ११, म्याग्दीका ८, मनाङका ५ जना छन् ।

योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार १८५ पुगेको छ ।
अब प्रदेशमा एक हजार ७९३ जना आइसोलेसनमा छन् । तीमध्य एक हजार ५९७ जना होमआइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।

सक्रिय संक्रमितमध्य सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा अब एक हजार २५० छन् । यस्तै लमजुङमा १६५, गोरखामा २०, तनहुँमा ९७, नवलपुर वर्दघाट सुस्ता पूर्वमा ११६, स्याङ्जामा ५०, पर्वतमा २५, बाग्लुङमा ४०, म्याग्दीमा १९, मनाङमा ६ र मुस्ताङमा ५ जना छन्

यस्तै कोरोना संक्रमणबाट हालसम्म १८८ जनाको ज्यान गुमेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।