पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट तनहुँका २ जना र स्याङ्जाका एक जनाको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड १९ उपचार केन्द्रमा उपचाररत तनहुँको म्याग्दे गाउँपालिका ५ का ७३ वर्षिय बृद्धको बुधबार साँझ ५ : २० मा मृत्यु भएको हो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै सोही अस्पतालमा उपचाररत तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ७१ वर्षिय बृद्धको बिहीबार एक बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा पुस ४ गते कोरोना संक्रमण भएको थियो ।
त्यसैगरि स्याङ्जाको फेदीखोला गाउँपालिका १ की ७४ वर्षिया बृद्धाको पनि संक्रमणका मृत्यु भएको छ । पुस ५ गते कोरोना पुष्टि भएकी उनको बुधबार बेलुका ८ः२० बजे मृत्यु भएको हो ।
योसहित गण्डकी प्रदेशमा कारोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







