गण्डकी प्रदेशमा बिहीबार थपिने र निको हुने उस्तै उस्तै


     एभरेस्ट आवाज    
     पौष ९ गते २०७७ मा प्रकाशित




पोखरा । बिहीबार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने र निको हुनेको संख्या उस्तै उस्तै भएको छ ।

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जना कोरोनामुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विवरण अध्यावधिक गरेको छ ।

३२६ जनामा गरिएको पिसिआर परीक्षणमा ३५ पुरुष र २२ महिला थपिएका हुन् ।

यसरी थपिनेमा कास्कीका ३७, तनहुँका ८, लमजुङका ५, नवलपुर वर्दघाट सुस्ता पूर्वका ४ र स्याङ्जामा ३ जना छन् ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार २४२ पुगेको छ । त्यस्तै १२ हजार २५६ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।

अब प्रदेशमा एक हजार ७९५ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्य एक हजार ६१५ जना होमआइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसंगै हालसम्म प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९१ पुगेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।