पुस १० पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ५८ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार २५५ पुगेको छ । संक्रमितमध्य १२ हजार ३१४ जना कोरोनामुक्त भएका छन् ।
निर्देशनालयका अनुसार आज थपिने संक्रमित मध्य कास्कीको पोखरा महानगरका १२ जना र तनहुँको बन्दिपुरका एक जना छन् । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा उनीहरु थपिएका हुन् ।
अब प्रदेशमा एक हजार ७५० जना कोरोना सक्रिय संक्रमित छन् । तिमध्य एक हजार ५६५ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले शुक्रबार कोभिड–१९ सम्बन्धि अध्यावधिक गरेको विवरणमा उल्लेख गरेको छ ।
प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १९१ जनाको ज्यान गुमेको छ ।
हालसम्म गण्डकी प्रदेशमा एक लाख १९ हजार ३९ जनाको पिसिआर परीक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







