पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई हजार ४०६ जनामा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
सोही अवधीमा २९८ जना कोरोनामुक्त भएको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ । त्यसैगरि एक साताको अवधीमा कोरोना संक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ३७७ पुगेको छ । तीमध्य १२ हजार ३४२ जना कोरोनामुक्त भएका छन् । भने कोरोनाबाट १९१ जनाले ज्यान गुमाएका छन्
भने अब प्रदेशभर एक हजार ८४४ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
निर्देशनालयका अनुसार गत सोमबारबाट आइतबारसम्मको अवधीमा सोमबार ४३८, मंगलबार ४९१, बुधबार ३४२, बिहीबार ३२६, शुक्रबार ३०४, शनिबार २०१ र आइतबार ३०४ जनामा पिसिआर गरिएको थियो ।
यस्तै हालसम्म प्रदेशभर २०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्य १९२ जना स्वास्थ्यकर्मी कोरोनामुक्त भएका छन् भने १३ जना आइसोलेसनमा रहेको पनि निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







