पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८१६ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा ४४ जना कोरोना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
प्रदेशका विभिन्न प्रयोगशालाहरुमा २०२ जनामा गरिएको पिसिआर परीक्षणमा २७ पुरुष र १७ महिला संक्रमित भएका हुन् ।
आज थपिएका संक्रमितमध्य कास्कीका ३१, तनहुँका ४, बाग्लुङ, स्याङ्जा र म्याग्दीका २—२, पर्वत र नवलपुर वर्दघाट सुस्ता पूर्वका एक—एक जना छन् ।
योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ४२१ पुगेको छ । तीमध्य १३ हजार १५८ जना कोरोनामुक्त भएका छन् । अब प्रदेशमा एक हजार ७२ जना आइसोलेसनमा छन् । तीमध्य होम आइसोलेसनमा ८९८ छन् । सबैभन्दा बढी कास्कीका ६२६ आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणबाट १९१ जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







