गण्डकी प्रदेशभर ९०३ आइसोलेसनमा


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३९ जना संक्रमित थपिएसंगै संक्रमण पुष्टि हुनेको संख्या बढेको हो ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ६७० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २९२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।

उनीहरुमध्य २१ महिला र १८ पुरुष छन् । आज थपिएका मध्य कास्कीका ३६, पर्वतका २ र तनहुँका एक जना छन् ।

यस्तै सोही अवधीमा थप ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म १३ हजार ५७५ जना कोरोनामुक्त भएका छन् ।

अव प्रदेशभर ९०३ जना सक्रिय संक्रमित छन् । जसमा ७९८ होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । भने १९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।