पोखरा । गण्डकी प्रदेशमा यो साता एक हजार २८५ जना कोरोनामुक्त भएका छन् । सोही अवधीमा थप ३२२ जना कोरोना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
विभिन्न प्रयोगशालाहरुमा एक हजार ८७७ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधीमा कोरोनाबाट थप दुई जनाले ज्यान गुमाएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धी अध्यावधि विवरणमा उल्लेख गरेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या बढेको छ । निर्देशनालयका अनुसार आइतबार ५२ जना कोरोनामुक्त भएका छन् । भने २९ जनामा कोरोना संक्रमण पाइएको छ । सोही अवधीमा थप एक जनाको ज्यान गुमेको छ ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ६९९ पुगेको छ । तीमध्य १३ हजार ६२७ जना कोरोनामुक्त भएका छन् ।
अब प्रदेशभर ८७९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको निर्देशनालको विवरणमा भनिएको छ । भने कोरोनाबाट हालसम्म १९३ जनाको ज्यान गुमेको छ ।
हालसम्म गण्डकी प्रदेशमा एक लाख २१ हजार ४२१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







