सोमबार गण्डकी प्रदेशमा ७४ जनाले जिते कोरोना


     एभरेस्ट आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

१९३ जनामा गरिएको परीक्षणमा कास्कीका ३६, मनाङका ५, स्याङ्जाका ४, तनहुँ र लमजुङका ३–३, गोरखाका २ र पर्वतका एक जनामा छन् । आज थपिएका मध्य ३३ पुरुष र २१ जना महिला छन् ।

योसहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ७५३ पुगेको छ । तीमध्य १३ हजार ७०१ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म ८५८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९४ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।