पोखरा । गण्डकी प्रदेश मंगलबार एकै दिन १०३ जना कोरोनामुक्त भएका छन् । भने सोही अवधीमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
३२९ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । आज थपिएका संक्रमितमध्य कास्कीका ३६, बाग्लुङका ८, नवलपुर वर्दघाट सुस्ता पूर्वका ७, लमजुङका ४, म्याग्दीका २, गोरखाका १ जना थपिएका छन् । उनीहरुमध्य ३७ पुरुष र २१ जना महिला छन् ।
प्रदेशभर अब ८१८ जना कोरोना सक्रिय संक्रमित छन् । जसमा ७०४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धि विवरणमा भनिएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ५५२ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । यस्तै लमजुङमा ३३, गोरखामा १९, तनहुँमा ७४, नवलपुर वर्दघाट सुस्ता पूर्वमा ३५, स्याङ्जामा १४, बाग्लुङमा ६३, म्याग्दीमा १३, मनाङमा ५ र मुस्ताङमा संक्रमित शून्य छन् ।
यस्तै कोरोना संक्रमणबाट हालसम्म १९४ जनाको ज्यान गुमेको छ । जसमा कास्कीका एक सय जनाको मृत्यु भएको छ । यस्तै लमजुङका ५, गोरखाका ९, तनहुँका २३, नवलपुर वर्दघाट सुस्ता पूर्वका २०, स्याङजाका १६, पर्वतका ३, बाग्लुङका ८, म्याग्दीका ३ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म गण्डकीप्रदेशभर एक लाख २१ हजार ९४३ जनाको पिसिआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा कास्कीका ११७, नवलपुर वर्दघाट सुस्ता पूर्वका ६७, मनाङका ४५, लमजुङका २८, स्याङ्जाका २५, तनहुँका २०, गोरखाका १८ र म्याग्दीका ९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







