गण्डकी प्रदेशमा थप ५३ जना कोरोनामुक्त, प्रदेशभर ७५९ जना आइसोलेसनमा


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५३ जना कोरोना मुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

३६३ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । आज थपिनेमा २७ जना कास्कीका छन् । यस्तै बाग्लुङ, लमजुङ, पर्वतका २–२ जना, म्याग्दी र तनहुँका एक–एक जना छन् । थपिएका मध्य २२ जना पुरुष र १४ जना महिला छन् ।

यो सहित हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ८४७ पुगेको छ । तीमध्य १३ हजार ८५६ जना कोरोनामुक्त भएको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा भनिएको छ ।

अब गण्डकी प्रदेशभर ७५९ जना आइसोलेसनमा छन् । ती मध्य ७०६ जना होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमणबाट प्रदेशभर १९४ जनाको ज्यान गुमेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।