पोखराका थप २६ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित




पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो क्रममा लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका २६, बाग्लुङको बडिगाड र बाग्लुङ नगरपालिकाका एक–एक जना र लमजुङको राइनास नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित गण्डकी प्रदेशभर कोेरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ८७६ पुगेको छ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।