पोखरामा कोरोना संक्रमणबाट एकको मृत्यु


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




पोखरा । कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–१२ की ६२ वर्षिय महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

उनमा गत पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया, उच्च रक्तचाप, मधुमेह लगायतका समस्या रहेको जनाइएको छ ।

यो सहित गण्डकी प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९५ पुगेको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।