काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
पाँच हजार २६९ जनामा गरिएको पिसिआर परीक्षणमा १८८ महिला र ३६६ पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार १५९ पुगेको छ । सोही अवधीमा थप ५८५ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार २२९ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर पाँच हजार २१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३३८ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म १९ लाख ७४ हजार ५६१ को पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गएसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९०९ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







