पोखराका २५ सहित गण्डकीका २९ मा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि.मा गरिएको पिसिआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २५ जना सहित २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका १४ वटा वडाका २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बाग्लुङको गलकोट, म्याग्दीको बेनी, पर्वतको कुश्मा र तनहु्ँको बन्दीपुर गाउँपालिकाका एक–एक जनामा संक्रमण पाइएको छ ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ११७ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।