पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ६ सय भन्दा तल झरेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना भाइरस संक्रमित र ७१ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै सक्रिय संक्रमितको संख्या ६ सयभन्दा तल झरेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुुसार अब प्रदेशमा ५६८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।जसमा ४८८ संक्रमित होम आइसोलेसनमा छन् ।
शनिबार थपिएका संक्रमितमध्य कास्कीका ३३, स्याङ्जा र तनहुँका २–२ जना र बाग्लुङका एक जना छन् । ३१६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार १२८ पुगेको छ । तिमध्य १४ हजार ३६३ जना कोरोना भाइरसमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट १९७ जनाको ज्यान गुमेको छ । हालसम्म प्रदेशभर एक लाख २४ हजार ५० जनाको पिसिआर परीक्षण गरिएको छ
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







