गण्डकी प्रदेशमा एक सातामा ३३४ जना कोरोना भाइरस संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा एक साताको अवधीमा ३३४ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोही अवधीमा २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

एक हजार २५६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भने अघिल्लो साता थप एक जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गुमेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५९ जनामा कोेरोना भाइरस संक्रमणमुक्त भएका छन् । भने सोही अवधीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड १९ सम्बन्धी विवरणमा भनिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार १६४ पुगेको छ । तिमध्य १४ हजार ४२२ जना कोरोना भाइरसमुक्त भएका छन् ।

अब प्रदेशभर ५४५ जना आइसोलेसनमा छन् । हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणबाट १९७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।