४०० जना कोरोना भाइरस मुक्त हुँदा २६६ जनामा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     माघ ४ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार सय जना कोरोना भाइरस संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधीमा २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा तीन हजार ५०८ जनामा गरिएको पिसिआर नमुना परीक्षणमा उनिहरुमा कोरोना भाइरस संक्रमण पाइएको हो ।

आज थपिएका मध्य १७५ पुरुष र ९१ जना महिला छन् । निर्देशनालयले दिएको जानकारी अनुसार काठमाण्डौंमा पाँच सय बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन् भने सोलुखुम्बु, भोजपुर नवलपरासी पश्चिम, कालिकोट र रुकुम पश्चिममा संक्रिय संक्रमितको संख्या शून्य छ ।

यो सहित देशभर हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना भाइरस संक्रमितको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेका मन्त्रालयले जनाएको छ ।


अब देशभर तीन हजार ९१९ जना आइसोलेसनमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।