बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस पुष्टि


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित




काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ ।

गत पुस १ गते बेलायतबाट नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


बेलायतबाट नेपाल आएका मध्य ६ जनामा कोरोना देखिएको थियो ।

नयाँ प्रकारको भाइरस देखिएका मध्ये २ जना निको भई घर गएका र १ जना आइसोलेसनमा नै रहेको गौतमले जानकारी दिए ।

संक्रमित भएका मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हङकङ पठाएको थियो ।

यस मध्ये २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसकको तर ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।