लायन्स क्लव अफ सेन्टिनियरले स्वास्थ्य सामग्री वितरण गरेको छ । क्लवले पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय, कास्की स्वास्थ्यचौकी र स्थानिय विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । क्लवले बुधबार वडा कार्यालयलाई एक हजार पिस मास्क, स्वास्थ्यचौकीलाई ५ सय थान मास्क, स्थानिय कालिका माविलाई १ हजार ५ सय थान मास्क, वसन्तपुर आधारभूत विद्यालयलाई १ हजार थान, मातृभूमि जनप्रकाश आधारभूत विद्यालयलाई १ हजार थान गरि कुल ५ हजार थान मास्क वितरण गरिएको थियो । कार्यक्रममा क्लवका अध्यक्ष प्रज्ञास कायस्थ, विद्यार्थी नेता साजन सुवेदीलगायतले स्वास्थ्य सामग्री वितरण गरेका थिए ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरसबिरुद्ध लड्दै विद्यालय तथा वडा कार्यालय सहज रुपमा सञ्चालन गर्नका लागि स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष कायस्थले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







