बुधबार थप २८३ मा कोरोना पुष्टि, तीनको मृत्यु


     रासस    
     माघ १४ गते २०७७ मा प्रकाशित




पोखरा । नेपालमा बुधबार थप २८३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय चार हजार ३८२ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म देशभर तीन हजार २८६ सक्रिय सङ्क्रमित छन् । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ५७ हजार ६९ पुगेको छ ।

पछिल्लो समय थप तीन कोरोना सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ ।

थप २४६ सङ्क्रमित कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ । देशभर हाल १२२ सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

हाल देशभर १६२ कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत् छन् । जसमध्ये १३९ सङ्क्रमित आइसियुमा तथा २३ सङ्क्रमित भेन्टिलेटरमा छन् ।

पछिल्लो समय झापामा चार, ताप्लेजुङमा एक, तेह्रथुममा एक, सुनसरीमा एक, धनुषामा चार, बारामा दुई, महोत्तरीमा एक, सप्तरीमा एक, सिरहामा एक, काभ्रेपलाञ्चोकमा एक, चितवनमा २७, दोलखामा दुई, धादिङमा पाँच, नुवाकोटमा एक, भक्तपुरमा एक, ललितपुरमा नौ, सिन्धुपाल्चोकमा एक, कास्कीमा २३, गोरखामा दुई, तनहुँमा तीन, नवलपरासीपूर्वमा १०, बागलुङमा एक तथा स्याङ्जामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, गुल्मीमा एक, पाल्पामा दुई, बाँकेमा नौ, बर्दियामा चार, रुपन्देहीमा ११, अछाममा एक, कञ्चनपुरमा दुई, कैलालीमा एक, डडेल्धुरामा छ, डोटीमा दुई तथा बैतडीमा एक जना कोरोनाबाट सङ्क्रमित भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।