फाइल तस्विर
चौथो दिन (शनिबार) देशभरका १४ हजार ८ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
शनिबार प्रदेश–१ मा १ हजार ५ सय ४७, प्रदेश–२ मा २ हजार १ सय १०, वागमती प्रदेशमा ५ हजार ४ सय २, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७, लुम्बिनी प्रदेशमा २ हजार ६३, कर्णाली प्रदेशमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० जनामा खोप लगाए।
योसँगै खोप अभियानको चौथो दिनसम्म ६४ हजार ४ सय २२ जनाले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ३ हजार ६ सय १८ नमुना परीक्षण गर्दा ६६ पुरुष र ४३ महिलामा संक्रमण पुष्टि भएकोे जनाएको छ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको छ।
कोरोना संक्रमणबाट शनिबार थप ३ सय ५० जना निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ।
२ हजार ७ सय ७९ सक्रिय संक्रमितमध्ये १ सय ४४ जनाको आइसीयु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणका कारण शनिबार थप २ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





