पाठेघरमा रहेका करिब ८ सेन्टि मिटर सम्म ठुलो मासुको डल्ला सफलता पुर्वक शल्यक्रिया


     एभरेस्ट आवाज    
     माघ १८ गते २०७७ मा प्रकाशित




पोखरा । २९ वर्षीय एक महिलाको साहारा हस्पिटल प्रा. ली. मा वरिष्ठ स्त्री रोग तथा निसनतानपन विशेषज्ञ प्रा। डा। गिरधारी शर्माको नेतृत्वमा रहेको चिकित्सकको टोलीद्वारा पाठेघरमा रहेको १८ देखी २० वटा, करिब ८ सेन्टि मिटर सम्म ठुलो मासुको डल्ला, सफलता पुर्वक शल्यक्रिया भएको छ।

सोही खाल्को शल्यक्रिया २०१५, डिसेम्बरमा, भारतको देहरादुनमा पनि भइसकेको थियो । त्यति बेला ३ वटा मात्रै टियुुमर, निकालीएको थियो, निज महिला र श्रीमान्को हालसम्म सन्तान नभएको र सोही समस्याको पहिचान तथा उपचार गर्ने क्रममा पाठेघरको टियुमर देखा परेको हो । यो टियुमर ३० देखी ४५ बर्ष सम्मका महिलाहरुलाई सामान्य रुपमा देखिने भएतापनि यती धेरैको सख्ंया मा र यो उमेरमा कमै महिलाहरुमा देखिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।