फाइल तस्विर
गण्डकी प्रदेशसहित देशभर १ लाख ५८ हजार ४८७ ले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन्।
देशभरको ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ ले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनाएअनुसार प्रदेश–१ मा २१ हजार ७ सय, ५४, प्रदेश–२ मा २१ हजार १ सय ८५, बागमती प्रदेशमा ५५ हजार ५ सय ४, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार ७ सय ९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ ले खोप लगाएका छन्।
मन्त्रालयले पहिलो चरणको खोप अभियान यही माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







