पोखरामा घरको छतबाट खसेर एक जनाको मृत्यु


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित



पोखरा । पोखराको न्यूरोडमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

काठमाण्डौं घर भई पोखरा–८, न्यूरोड बस्दै आएकी वर्ष ३५ की चन्द्रलक्ष्मी श्रेष्ठको साढे २ तले घरको छतबाट खसेर आइतबार बिहान साढे ७ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

अचानक घरको छतबाट खसेर गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।