
सांकेतिक तस्बीर
सरकारले, आज (सोमबार) देखि १३ हजार पत्रकारहरुका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज) सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको हो।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी गरिएको हो।
खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन
खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३ हजार पत्रकार छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।