कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु पर्दैन


     एभरेस्ट आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कोरोनाविरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आएपनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ।

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिनपछि संक्रमितको सम्पर्कमा पुगेपनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो।

खोपको दोश्रो डोज लिएको १४ दिनमा बल्ल पूर्ण रुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिएको हो।

यसको मतलब उसले अन्य सुरक्षा सावधानी अपनाउनु नपर्ने भने होइन। खोपले कहिलेसम्म जोगाउँछ भन्ने अझै स्पष्ट नभैसकेकाले खोप पूरा गरेको ३ महिना पुगेकाहरुले भने संक्रमितको सम्पर्कमा आए फेरि क्वारेन्टिनमा बस्नुपर्ने केन्द्रको भनाई छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।