गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५८३४ पुग्यो, २७९ आइसोलेसनमा


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ८३४ पुगेको छ । ती मध्य १५ हजार ३५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार सोमबार दिउँसो अध्यावधिक कोभिड–१९ सम्बन्धी विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २०१ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ११ र पर्वतका ३ जनामा संक्रमण पाइएको हो ।
यस्तै ६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अब प्रदेशमा २७९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । ति मध्य २७० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्य सबैभन्दा धेरै कास्कीका २२८ जना आइसोलेसनमा छन् । यस्तै बाग्लुङका १२, पर्वतका १०, लमजुङ र तनहुँका ८–८, म्याग्दीका ५, स्याङ्जाका ४, गोरखाका ३, नवलपुर वर्दघाट सुस्ता पूर्वका एक, मनाङ र मुस्ताङमा भने संक्रमित संख्या शून्य छ ।

हालसम्म २०३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

हालसम्म प्रदेशभर एक लाख २९ हजार २८ जनाको पिसिआर परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।