गण्डकी प्रदेशमा २६ जना कोरोना संक्रमणमुक्त, थप १४ जना कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा मंगलबार २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोही अवधीमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

प्रदेशका ७८ जनामा गरिएको पिसिआर परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार आज थपिएका मध्य कास्कीका ११ जना, स्याङ्जा, तनहुँ र म्याग्दीका एक–एक जना छन् ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ८४८ पुगेको छ । ति मध्य १५ हजार ३७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धी विवरणमा जनाइएको छ ।

अब प्रदेशमा २६७ जना सक्रिय संक्रमित आइसोलेसनमा छनर । ति मध्य २५८ जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।

यस्तै हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणबाट २०३ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।