पोखरा । गण्डकी प्रदेशमा हालसम्म झण्डै ९७ प्रतिशत कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १५ हजार ४५८ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९६ दशमलव ९९ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १५ हजार ९३८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
अहिले प्रदेशमा २७५ जना सक्रिय सङ्क्रमित रहेका छन् । संक्रमितमध्य २५३ जना होम आइसोलेसनमा छन् ।
यस्तै एक साताको अवधीमा गण्डकी प्रदेशमा ११८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ९७९ जनामा गरिएको पिसिआर परीक्षणमा ११२ जना कोरोनामुक्त भएका छन् । यस्तै २ जनाको कोरोना भाइरसबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







