पोखराका १५ सहित १८ जनामा कोरोना भाइरस संक्रमण


     एभरेस्ट आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित




पोखरा । पोखराका १५ जना सहित गण्डकी प्रदेशमा सोमबार दिउँसोसम्म थप १८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका विभिन्न वडाका १५ जना सहित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २ र लमजुङको मध्यनेपाल नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५९ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।