फाइल फोटो
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन पछि आयोजित सभालाई सम्वोधन गदै उनले विपत्का वेला सरकारी अस्पतालले खेलेको भुमिका प्रशंसनिय रहेको बताउदै, निजि स्वास्थ्य संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै गुनासो गरे । ‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका देखिएन‘ मुख्यमन्त्री गुरुङले भन्नुभयो– ‘राज्यलाई आवस्यक परेको वेला सेवा नदिने अस्पताल के काम ।”
उनले तीन तहको सरकार विच समन्वय भएमात्र प्रभावकारी भुमिका खेल्न सकिने बताउँदै स्वास्थ्य सेवामा सरकारले ठुलो लगानी गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र गरिवीको रेखामुनी रहेका जनताको प्रदेश सरकारले नै स्वास्थ्य विमा गरिदिने समेत बताए ।
पोखरा १९का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद पुष्पा केसी भण्डारी, समितिका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, वैकुण्ठ पौडेल, सदस्य दुर्गा वस्नेत लगायतले स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको वताउदै, नयाँ भवन निर्माणसगै स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्न सकिने बताएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङ, सासद जगत विश्वकर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, पुष्पा केसी भण्डारीले चौकी निर्माणमा जग्गादान गर्ने जग्गादाताहरु स्व. भीमप्रसाद पौडेल र टंकनाथ पौडेलका प्रतिनिधी भोलानाथ पौडेल,स्व. दयासागर पौडेलका प्रतिनिधी सरला पौडेल, स्व. लिलानाथ पौडेलका छोरा नारायण पौडेल, जग्गादाता हिरादेवी पौडेल, तुलसीदेवी पौडेल र सोमराज गरुङ सहित स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयं सेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।साविक पुरुन्चौर गाविसका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाइ मुख्यमन्त्री गुरुङले व्लड प्रेसर जाच गर्ने सामाग्री पनि हस्तान्तरण गर्नुभयो ।यसअघि पहिलो पटक घार्मी पुग्नु भएका मुख्यमन्त्री गुरुङ, सहितका अतिथीलाई स्थानियले वाजागाजा सहित स्वागत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







