सांकेतिक तस्बीर
तनहुँमा आइतबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले फागुन २३ गतेबाट २७ गतेसम्म र २८ गतेबाट चैत २ गतेसम्म गरी दुई चरणमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको हो।
कार्यालय प्रमुख शंकरबाबु अधिकारीले कोभिड–१९ विरुद्धको खोप अभियान २ चरणमा गरी सञ्चालनको तयारी गरिएको जानकारी गराए। प्रमुख अधिकारीले तनहुँमा दोस्रो चरणको खोप अभियान अन्तर्गत १० स्थानीय तहका ६५ वर्ष उमेर समूहका करिब १५ हजार भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष्य राखिएको बताए।
फागुन २३ देखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिनेछ। फागुन २८ देखि चैत्र २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा लगाइने कार्यक्रम छ।
खोप अभियानका लागि स्वास्थ्य कार्यालयले २ सय ६६ जना स्वास्थ्यकर्मी, ४ सय २५ जना स्वयंसेवकहरुलाई तयार गरिएका छ। यस्तै, आकस्मिकताका आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि विशेष इएफआई व्यवस्थापन टोली समेत गठन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
तनहुँका ८५ वटा वडाका ९४ वटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभिडशिल्ड खोप उपलब्धताको आधारमा ५५ वर्ष माथिका उमेर समुहका शिक्षकहरु र सवारीचालक तथा सहचालकहरुलाई समेत लगाइने छ।
कोभिडशिल्ड गम्भिर प्रकृतिका एलर्जी भएको खण्डमा, गर्भवती महिला र कोभिडको सक्रिय संक्रमित भएको अवस्थामा र प्लाजमा थेरापीको करिब तीन महिना सम्मको अवस्था बाहेक अन्य अवस्थामा लगाउदा यसको ८१ प्रतिशतसम्म प्रभावकारिता रहने विश्वास गर्न सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। तनहुँमा पहिलो चरणको खोप अभियानबाट ५ हजार जना लाभन्वित भए भने दोस्रो चरणमा दशवटै पालिकाका १५ हजार बढी नागरिक लाभान्वित हुने लक्ष्य लिइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







