रुपा रत्न सम्मानबाट चलचित्र निर्देशक तथा अभिनेता माओत्से गुरुङ सम्मानित


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०७७ मा प्रकाशित




नेपाली चलचित्रका चर्चित निर्देशक तथा अभिनेता माओत्से गुरुङ रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा चलचित्र निर्देशक तथा अभिनेता गुरुङ रुपा रत्न सम्मानबाट सम्मानित भएका हुन् । उनलाई नगद १५ हजार १ सय १ रुपैयाँको राशीसहित दोषल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, प्रतिनिधि सभा सदस्य (सांसद) खगराज अधिकारी, गण्डकी प्रदेश सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइराल, गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझालगायतले सम्मान गरेका थिए ।

रुपा गाउँपालिका जन्मथलो भएका गुरुङले कलाकारिताको क्षेत्रबाट रुपा गाउँपालिकालाई चिनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।