सन्देश श्रेष्ठ
पोखरा, मंसिर ३
पर्यटनको राजधानी पोखरा साहसिक गतिविधिका लागि प्रख्यात छ । यहाँको प्याराग्लाईडिङले पर्यटनमा महत्वपूर्ण टेवा दिइरहेको छ । हिमाल, ताल र प्राकृतिक छटाले भरिपूर्ण पोखरालाई प्याराग्लाईडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य स्थल मानिन्छ । त्यसैले त हावामा कावा खान विश्वभरका पर्यटक पोखरा आउने गरेका छन् ।
प्याराग्लाईडिङ सञ्चालनको तीन दशक पुग्दा पोखरामा ५७ कम्पनीले व्यवसायीक उडान गरिरहेका छन् । जहाँ ४ सय १३ प्यारापाईलटले व्यवसायीक उडान भर्छन् । पोखरा प्याराग्लाईडिङका लागि चर्चित भए पनि यहाँ हालसम्म प्यारापाईलट उत्पादन गर्ने प्याराग्लाईडिङ स्कूल थिएन । जसका कारण प्यारापाईलट उत्पादन कमजोर अवस्थामा छ ।
तर अब भने त्यो अभाव झेल्नु नपर्ने भएको छ । कास्कीको माछापुच्छ«ेमा एरोडाइनामिक प्याराग्लाईडिङ स्कुल सञ्चालनमा आएसँगै प्यारापाईलट उत्पादनमा देखिएको समस्या अब समाधान हुने भएको हो । पोखराका युवाहरु बिजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको संयुक्त लगानीमा यो प्याराग्लाईडिङ स्कुल सञ्चालनमा आएको हो । सञ्चालक विष्णु र किरण दाजुभाई हुन् भने उनीहरु अनुभवी प्यारापाईलट पनि हुन् । प्याराग्लाईडिङ उडानको अन्र्तराष्ट्रिय संस्था एफएआई र एफआईबीबाट मान्यताप्राप्त पाईलट बिजय नेपालले एसियन गेममा रजत पदक जित्दाका एक प्रमुख प्यारापाईलट खेलाडी पनि हुन् ।
प्यारापाईलट उत्पादन गर्ने उद्धेश्यले कास्कीमै पहिलो पटक डेढ करोड लगानीमा माछापुच्छ«े गाउँपालिका वडा नम्बर–५ को रिभानमा प्याराग्लाईडिङ स्कुल सञ्चालनमा ल्याईएको सञ्चालक बिजय गौतमले जानकारी दिए । उनका अनुसार यस स्कुलले समुन्द्री सतहभन्दा १ हजार ६ सय ८० मिटरको उचाईमा रहेको रिभानस्थित मैचेडाँडाबाट टेकअफ (उडान) भर्नेछ भने १ हजार ५० मिटरको उचाईमा रहेको मर्दी नदी किनार बेसीमा ल्याण्डिङ (अवतरण) गर्नेछ ।
प्याराग्लाईडिङका लागि उत्कृष्ट गन्तव्य स्थल भएकाले आफूहरुले प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि रिभान राजेको सञ्चालक तथा पाईलट बिजय गौतमले बताए । भने,‘विश्वका उत्कृष्ट हिमालहरु मचापुच्छ«े, अन्नपूर्ण हिमश्रृंखला हेर्दै हावामा कावा खाने यो स्थल साँच्चिकै सुन्दर र उत्कृष्ट छ ।’
एरोडाइनामिक प्याराग्लाईडिङ स्कुलले १५ दिनको बिगिनर (शुरुवाती) कोर्षदेखि ईन्टरमिडियट कोर्ष, क्रस कन्ट्रीदेखि टेण्डमको टि–वान र टि–टुसम्मको कोर्ष सञ्चालन गर्नेछ । एक सेसनमा ६ जनाको कोटा राखेर प्रशिक्षण गराईने गौतमले जानकारी दिए ।
प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि ९ ठाउँबाट अनुमति लिइएको गौतमले बताए । उनका अनुसार एरोडाइनामिक प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व, पर्यटन मन्त्रालय, नागरिक उड्डयन, एक्याप, नेपाल हवाई खेलकुद संस्था ‘ना’, माछापुच्छ«े गाउँपालिका र वडा कार्यालयमा दर्ता गरिएको छ । प्याराग्लाईडिङ स्कुल सञ्चालनका लागि गाउँपालिकाले हाल निःशुल्क टेकअफ र ल्याण्डिङ स्थल उपलब्ध गराएको छ भने गण्डकी प्रदेश सरकारले यी स्थल सम्याउन सहयोग गरेको छ ।
विहीबारदेखि सञ्चालनमा आएको एरोडाइनामिक प्याराग्लाईडिङ स्कुलको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्यारापाइलट बिजय दाहाललाई ग्लाईडर हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । लगत्तै प्यारापाइलट गौतमले प्याराग्लाईडिङ उडान भरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद बरालले प्याराग्लाईडिङ उडानको केन्द्र बनेको सराङकोटको विकल्प रिभान बन्ने विस्वास व्यक्त गरे । जसरी प्याराग्लाईडिङले पोखराको समृद्धिमा टेवा पु¥याईरहेको छ, त्यसरी नै माछापुच्छ«ेको समृद्धिमा पनि टेवा पु¥याउनेछ भन्ने विस्वास व्यक्त गर्दछु ।‘
माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाईडिङ स्कुलले माछापुच्छ«ेको विकासमा सघाउने विस्वास व्यक्त गरे ।
माछापुच्छ«े–८ का वडाध्यक्ष राम गुरुङले प्याराग्लाईडिङ स्कुल सो क्षेत्रको विकासको गेम चेञ्जर बन्ने विस्वास व्यक्त गरे ।
स्थानिय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाईडिङ स्कुल सञ्चालनमा आएसँगै पर्यटक आगमन र आर्थिक गतिविधि बृद्धि हुने र त्यसले गाउँ छाडेका रिभानबासीलाई गाउँमै फर्केर ईलम गर्ने वातावरण बनाउने विस्वास व्यक्त गरे ।
एरोडाइनामिक प्याराग्लाईडिङ स्कुलका सञ्चालक विष्णु गौतमले स्थानियसँगको सहकार्यमा रिभानलाई पर्यटनको हब बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा बहुमुखी क्याम्पसले निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम…







