गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गर्ने भएको छ।
मन्त्रालयले गत आर्थिक वर्ष २०८२,०८३ मा प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेका १४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौका अनुसार मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट १४ जनाको नाम छनौट गरेको जानकारी दिए । छनोट भएकामा प्रदेश अस्पताल, लमजुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटा,सोही अस्पतालका कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. प्रदिप कुमार दास ,धौलागिरी प्रादेशिक अस्पताल, बागलुङका कन्सल्टेन्ट अब्स्ट्रेट्रीक्स एण्ड गाइनेकोलोजिष्ट डा. विजय ओझा,गलकोट नगर अस्पताल, बागलुङका कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. राजेश पौडेल,बुर्तिवाङ अस्पताल, बागलुङका कन्सल्टेन्ट मेडिकल जनरलिष्ट डा. दिनेश थापा, गण्डकी आयुर्वेद अस्पताल, कास्कीका आयुर्वेद शल्य चिकित्सक डा. दीक्षा पौडेल,साल्मेभञ्ज्याङ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. सागर थापा रहेका छन् ।
त्यस्तै सम्मानित हुनेमा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी पुर्वका जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाई ,मध्यविन्दु प्रादेशिक अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारी,प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, पोखराका सहायक तथ्यांक अधिकृत प्रविण भण्डारी,भुरुङ तातोपानी स्वास्थ्य चौकीका सिनियर अहेव लालदेवी गर्बुजा,लार्केबजार स्वास्थ्य चौकीका अनमी रज्जना राई, सेरावाङ आधारभूत स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मानसिङ पुन र स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका कार्यालय सहयोगी बैकुण्ठ भण्डारी छन् ।
उत्कृष्ट कर्मचारी छनौट तथा सिफारिस गर्न गठित समितिको सिफारिसलाई मन्त्रालयले अनुमोदन गरेको हो । उनीहरुलाई मंसिर ४ गते शुक्रबार विशेष समारोहका बीच सम्मान गरिनेछ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा बहुमुखी क्याम्पसले निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम…







