तनहुँका ८ हजार ज्येष्ठ नागरिकलाई खोप


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

तनहुँमा ४ दिनको अवधिमा ८ हजार बढी ज्येष्ठ नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन्।

फागुन २३ गतेबाट सुरु अभियान अन्तर्गत बुधबारसम्म ५ पालिकाका ८ हजार ४५ ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा खोप अभियान संचालन भइरहेको छ।

व्यास नगरपालिकाका २ हजार ७ सय ९९, भानु नगरपालिकाका २ हजार ३ सय ९४, देवघाट गाउँपालिकाका १ हजार ७२, आँबुखैरेनी गाउँपालिकाका ८ सय ७७ र बन्दीपुर गाउँपालिकाका ९ सय ३ ज्येष्ठ नागरिकलाई खोप लगाइएको कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।