लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी क्लवको नवौं कन्भेन्सन सुन्दर पर्यटकीय नगरी पोखरामा यहि चैत १४ गते हुने जानकारी गराएको हो । कन्भेन्सन पोखराको प्रदर्शनी केन्द्रमा हुने क्लवका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले बताए ।
लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा देशभर करीब १७ हजार सदस्य रहेपनि कन्भेन्सनमा ४ हजार लायनहरु सहभागि हुने जनाइएको छ । कन्भेन्सनमा क्याविनेटका सदस्यहरु, भोटरहरु र अतिथि गरेर करीब २ हजार ४ सय जना सहभागि हुनेछन् । त्यसबाहेक अन्य लायनहरुपनि कन्भेन्सनमा सहभागि हुन पाउने भएकाले उनीहरुपनि आउँदा करीब ४ हजारको संख्या हुने बताइएको छ । सहभागि हुन आउने मध्ये २ हजार ५ सयले हालसम्म नाम रजिष्ट्रेसन गरिसकेको रोकाले जानकारी दिए । कन्भेन्सनले नया नेतृत्वसमेत चयन गर्नेछ ।
पोखरामा हुने लागेको कन्भेन्सन सहमतिको कन्भेन्सन हुने दाबी गरिएको छ । यसअघी चुनावी प्रतिष्पर्धामार्फत नेतृत्व चयन गरिदै आएपनि यस पटक सहमतिबाट निर्विरोध नेतृत्व चयन हुने पूर्व गभर्नर धनराज आचार्यले जानकारी दिए । जसका कारण आम लायन्सहरुमा उत्साह छाएको उनको भनाई छ । लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा पोखराका विशेश्वर आचार्य, फष्र्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्यले उमेदवारी दिएका छन् । उनीहरुबिरुद्ध कसैकोपनि उमेदवारी नपरेकाले तीनै जना यसपटक निर्विरोध निर्वाचित हुने आचार्यले बताए ।
कन्भेन्सनले लायन्स अन्र्तराष्ट्रिय डाइरेक्टरका लागि बालकृष्ण बुर्लाकोटीले दिएको उमेदवारी पारित गर्दै मल्टिपलमा पठाउने निर्णय गर्ने जनाइएको छ । जसले लायन्स अन्र्तराष्ट्रियको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त हुने डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले बताए ।
कन्भेन्सनको लायन्स क्लव अफ पोखरा माछापुच्छ«े भिलेजसहित पोखरा क्षेत्रका क्लवहरुले होस्ट गर्ने नवौं डिष्ट्रिक्ट कन्भेन्सन आयोजक समितिका कन्भेनर लायन शिवराज आचार्यले जानकारी दिए । उनका अनुसार कन्भेन्सन तयारीका लागि २८ वटा उप–समिति बनाएर काम भइरहेको छ ।
यसैबीच, लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले कन्भेन्सनको पूर्व सन्ध्यामा काठमाडौंबाट पोखरासम्म कार ¥याली गर्ने भएको छ । कन्भेन्सनको अघिल्लो दिन चैत १३ गते कार ¥याली निकालिने कन्भेनर आचार्यले जानकारी दिए । त्यस्तै, कन्भेन्सनको दिन विहान परेडसमेत हुने उनले बताए । पोखराको चिप्लेढुंगाबाट बाजागाजासहित शुरु हुने परेड नयाबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेर कन्भेन्सनको उद्घाटन शत्रमा परिणत हुने उनले जानकारी दिए ।
कन्भेन्सनको दिन दिनभर रक्तदान कार्यक्रम हुनेछ भने कन्भेन्सनको अवसरमा पढाउ अभियान अन्तर्गत २ सय ८० जनाद्वारा स्थापित ४९० जना छात्रछात्राहरुलाई शैक्षिक छात्रवृत्ति वितरण गरिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा बहुमुखी क्याम्पसले निःशुल्क आँखा परीक्षण शिविर तथा आँखा स्वास्थ्य सचेतना कार्यक्रम…







