नयाँगाउँकी रुथ परियारलाई गेस एण्ड विनको पुरस्कार


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०७७ मा प्रकाशित



चैत्र २५ पोखरा । पोखराको नयाँ गाउँकी रुथ परियारलाई ‘आहा रारा गोल्डकप गेस एण्ड विन’को पुरस्कार वितरण गरिएको छ ।

एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले बुधबार थ्रिस्टार क्लव र नेपाल पुलिस क्लव विचको अन्तिम क्वाटरफाइनल खेल कस्ले जित्ला भनि सोधेको प्रश्नको अनुमानित सही जवाफ दिएकी परियारलाई पुरस्कार वितरण गरिएको हो ।

विजेता परियारलाई पोखरा रंगशालामा बुधबार सहारा क्लव पोखराका सल्लाहकार सुनिल गुरुङले कालिका मोवाइल ट्रेडर्सका सिता भवन महेन्द्रपुलकोतर्फबाट एक थान मोवाइल र हिमश्री फुड्सको उत्पादन आहा रारा एक कार्टुन चाउचाउ सहित पुरस्कार प्रदान गरे ।

मंगलबारको खेलमा नेपाल पुलिस क्लवले जित्ने अनुमान गरेकी परियारलाई एसएमएस मार्फत सही जवाफ दिनेमध्यबाट गोलाप्रथा गरि विजय घोषणा गरिएको एमएमका प्राविधिक निर्देशक रविभूषण पराजुलीले जानकारी दिए ।

हिजोको खेलमा थ्रि स्टार क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लव सेमिफाइनलका लागि अफ्रिकन रुट एशोसियसनसंग बिहीबार भिड्दै छ ।

साथै एफएमले गोल्डकप अवधीभर प्रत्येक दिन बेलुका ८ बजेबाट आहा रारा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै प्रत्येक दिन सोधिने प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई कालिका मोवाइल टे«र्डसको तर्फबाट एक थान मोवाइल सेट, आहा रारा चाउचाउ तथा अन्य आर्कषक पुरस्कारको व्यवस्था गरेको छ ।

यसैविच बुधबारका लागि सोधिएको प्रश्नको अनुमानित सहि जवाफ दिनेमध्यबाट पोखराको रत्नचोककी सुजता राना विजेता घोषित भएकीे प्राविधिक निर्देशक पराजुलीले जानकारी दिए ।
विजेता रानालाई बिहीबार रंगशालामा नै पुरस्कार हस्तान्त्रण गरिने उनले बताए ।

बुधबारको खेलमा संकटा क्लवले विभागिय टोली नेपाल सशस्त्र प्रहरीको एपिएफलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको छ ।

यस अघि पर्वतका सुनिल गौतम, कास्कीको मादीकी मनिता सापकोटा, नयाँगाउँकै ज्योती नेपाली विजयी भइसकेका छन् ।

एक विदेशीसहित ८ टोलीको प्रतिश्पर्धा रहने गोल्डकपमा कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिने मध्यबाट एक जनालाई महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ४० इन्चको एमआई स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने मार्केटिङ निर्देशक भोला श्रेष्ठले जानकारी दिए ।

सहारा क्लवको आयोजनमा जारी आहा रारा गोल्डकपको फाइनल खेल शनिबार हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।