निषेधाज्ञालाई प्रभावकारी बनाउन चेकजाँचमा खटिएका सुरक्षाकर्मी ।
पोखरा । पोखरामा निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २१२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखराका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियन्त्रणमा लिइएका मध्य ८२ चार पाङ्ग्रे सवारी हुन् भने बाँकी दुई पाङ्ग्रे दुई पाङ्ग सवारी रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई बुधबार साँझ सम्झाई बुझाई छोडिएको पनि उनले बताए ।
यस्तै निषेधज्ञाको अवज्ञा गर्दै घर बाहिर निस्केका सर्वसाधरणहरुलाई प्रहरीले केही बेर होल्ड गरेको छ ।
बिना काममा घर बाहिर निस्केका १३२ जनालाई पोखराका विभिन्न स्थानमा होल्ड गरेर राखिएको थियो । उनीहरुलाई पनि कोरोना भाइरस संक्रमण सम्बन्धी जानकारी र यस्को असरका विषयमा सम्झाई बुझाई गरि छोडिएको प्रवक्ता हमालले जानकारी दिए । उनले भने, ‘आज नियन्त्रणमा लिइएका सबैको नाम नम्वर सहित नोट गरेका छौं, यदी भोलिका दिनमा अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन अन्र्तगत कारवाही गर्छौं ।’
हमालले निषेधज्ञाको पालना गरिदिन सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट हानिकारक भएको हुँदा सरकारले जारी गरेको निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डको पालना गरी सहयोग गर्न सबैलाई अनुरोध गरे ।
कास्की जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गतेबाट जारी गरेको निषेधाज्ञा २१ गतेबाट थप कडाई गर्दै ३१ गतेसम्म लब्बाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा आज क्यान्सर सचेतना…






