प्रतिकात्मक तस्बीर
तनहुँको बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बन्दीपुर गाउँपालिका–१ स्याउली चिसापनीमा शनिबार साँझ ग १ त ३११६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
ट्याक्टर चालक बन्दीपुर–२ पौवाका २३ वर्षीय सुदिप कपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँकाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाका अनुसार गम्भीर घाइते उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्याक्टरका सहचालक सोही स्थानका ३५ वर्षका माधव विक पनि घाइते भएका छन्। विक सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीका पुराना कम्युनिष्ट नेता मिनराज पौडेलको अन्त्येष्टि गरिएको छ । पोखरा महानगरपालिका…







