गण्डकी प्रदेश समितिका अध्यक्ष गुरुङद्वारा पदभार ग्रहण


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङ (कुसुम) ले पदभार ग्रहण गरेकी छन् ।

आइतबार राती माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा चयन भएकी गुरुङलाई प्रदेश इञ्चार्ज हितराज पाण्डेले आज पदभार ग्रहण गराएका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य राजकाजी गुरुङ, केन्द्रीय प्रतिनिधि दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो ।

पोखरा सभागृहमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनले गुरुङको अध्यक्षतामा २०१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।