पोखरा–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीमा अन्तर सदानात्मक भलिबल प्रतियोगिता र गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ।
विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा सिनियर तर्फ भलिबल र जुनियरतर्फ गायन तथा नृत्य प्रतियोगिता गरिएको हो । भलिबलमा छात्रा तर्फ सेतो सदन प्रथम र रातो सदन द्वितीय भएका थिए भने छात्र तर्फ सेतो सदन र रातो सदन क्रमश ः प्रथम र द्वितीय भएका छन् । उक्त कार्यक्रममा राष्ट्रिय भलिवल रेफ्रि इश्वर आले साथै सुरेश आले, मनिषा अधिकारी, डिल्ली जङ् गुरुङ र किरण रानाभाटले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । सोही अवसरमा पूर्व प्रा.वि. तर्फको गायन तथा नृत्य प्रतियोगीतामा गायन तर्फ सरिस्मा दुरा, शशी गुरुङ, सरिन गुरुङ र वियन्सु थापा क्रमस प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए भने नृत्य तर्पm आराध्या पौडेल, डोल्मा गुरुङ, एरिना राउत र इश्वी रानाभाट क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भए । गायन तथा नृत्य तर्फ युवराज गुरुङ, नरेश गुरुङ र निर्मला पहारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
भलिबलप्रतियोगिता राष्ट्रिय भलिबल रेफ्री ईश्वर आलेलाई विद्यालयका प्राचार्य राम बहादुर मोचीले बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए भने गायन, नृत्यको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले गरेकी थिईन् । कार्यक्रमको अध्यक्षतामा सर्कलका अध्यक्ष मन्सुन गुरुङको अध्यषतामा भएको कार्यक्रममा शिक्षक नायक निरोज के.सी. अपार श्रेष्ठ, अनुराग अधिकारी, शिवु ढकालले मन्तव्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीमा अन्तर सदानात्मक भलिबल प्रतियोगिता र गायन…







