कास्कीमा थप ७५ जनामा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




कास्की । पछिल्लो २४ घण्टामा गण्डकीका ११४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३६४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् ।

जसअन्तर्गत कास्कीका ७५ जना, तनहुँका सात जना, गोरखाका छ जना, नवलपुरका नौ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका आठ जना, बाग्लुङका पाँच जना म्याग्दी जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पुष्टि आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ७६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९७६ पुगेको छ भने, अहिले प्रदेशभर ३५७ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि भएकामा पर्वत जिल्ला जलजला गाउँपालिका (१ निवासी ७० वर्षीया वृद्धा छिन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४२८ पुगेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।